माओवादी केन्द्रमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ । केन्द्रीय समितिको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

 

यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले अब महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

 

 

महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतनिधि १६०० को हाराहारिमा रहेका छन् ।