पञ्चकन्या गाउँपालिकाले गर्यो कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) बारे जनचेतना कार्यक्रम सम्पन्न

 काठमाडौं। नुवाकोटको पञ्चकन्या गाउँपालिकाले ओमिक्रोन सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आफ्ना नागरिकलाइ सचेत राख्ने उदेश्यका साथ कार्यक्रमको आयोजान गरिएको प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टले जानकारी दिएका छन्।

 

 

 अहिले विश्वव्यापी माहामारीकोको रूपमा फैलिरहेको कोरोना भाइरसको नयाँ  भेरियन्ट ओमिक्रोनबाट कसरी बच्न सकिन्छ भन्ने बारे   गाउँपालिकाले जनचेतना कार्यक्रम गरेको विष्टले जानकारी दिए।

 

उक्त कार्यक्रम  ग्रामिण स्वावलम्बन विकास केन्द्र नुवाकोट (RSDC) र जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा यहि मंसिर २१-२२ गते सम्पन्न भएको थियाे।

 

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरू ,कर्मचारी, वडाका कर्मचारी तथा गाउँपालिकाका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थामा आवद्ध कर्मचारीहरूको उपस्थिति रहेको थियो।उक्त कार्यक्रम पञ्चकन्या गाउँपालिकाको सभाहलमा सम्पन्न भएकाे विष्टले जानकारी दिए।