बिमलाको स्वाभाविक मृत्यु नभई हत्या नै भएको भन्दै अखिल(क्रान्तिकारी)ले आज माइतीघर मण्डलामा न्यायका निम्ति संघर्ष गर्ने

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले आज दउसाे ११ बजे माइतिघर मण्डलामा विमला वाेगटीकाे न्यायकाे निम्ति संघष गर्ने अध्यक्ष हरिकृष्ण गजुरेलले बताएका छन्।  

 

 

  यही पुस ५ गते ओखलढुङ्गा जिल्ला, चम्पादेवी गाउँपालिका, वडा नं. ३, चित्रेस्थित श्री बालज्योति मा.वि.कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा बिमला बोगटीलाइ विद्यालयको गेटभित्र छिर्न नदिइएपछि विष सेवन गरेर पुस ६ गते मृत्यु भएपछि उनकाे न्यायकाे निम्ति संघर्ष गर्नु गरेकाे अध्यक्ष गजुरेलले बताए।  

 

 

 

त्यस्तै  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यालय प्रशासनले रेस्टिकेटसम्म गर्ने धम्की दिँदै विद्यालयमा अध्ययनको निम्ति प्रवेश नदिइएकोले उक्त धम्की र व्यवहारबाट प्रताडित भएकी बिमलाकाे स्वाभाविक मृत्यु नभइ हत्य नै भएका अध्यक्ष गजुरेलले बताए।

 

 

 

उनले भने, उक्त घटनाप्रति हाम्रो सङ्गठन संघर्ष गर्न बाध्य भएकाे हाे र सो घटनाक्रमलाई हेर्दा बिमलाको स्वाभाविक मृत्यु नभई हत्या नै भएको अध्यक्ष गजुरेलले बताए।  

 

 

उनले भने,  उक्त घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्न दोषीहरुलाईय पक्राउ गरी उनीहरुमाथि कारवाही नहुन्जेल हामी संघर्ष गरि रहने छाैं। 

 

 

 

त्यस्तै उनले भने, विद्यार्थीहरूको हक–अधिकारको सुनिश्चितता एवम् उनीहरुले स्वतन्त्रपूर्वक अध्ययन गर्न पाउने वातावरण तयार गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग समेत गदर्छु।  विमलाले न्याय नपाए अझै संघर्ष चर्काउन बाध्य हुने उनले बताएका छन्।