सीमादेखि सहरसम्म तस्करको रजगज

काठमाडौं। पुस १२ गते बिहान करिब १ बजे चिनीले भरिएको भारतीय पिकअप जिपलाई भन्सार कार्याल ठाढी, सिरहाको टोलीले झाझपट्टी सीमा नाकाअन्तर्गत कुसन्डीबाट नियन्त्रणमा लियो।

 

 

पारिबाट तस्करीको चिनीको बोराले भरिएको बिआर ३२ जिबी १९१५ नम्बरको पिकअप जिप लहानस्थित तस्करको गोदामतर्फ आउँदै थियो।

 

 

भन्सार कार्यालयका प्रमुख ध्रुवप्रसाद महतोका अनुसार जिप चालक भारतको मधुवनी जिल्ला घर भएका दुखीकुमार साफीलाई असोज १२ गते ८ लाख २५ हजार धरौटीमा छाडिएको छ।

 

 

उनले तत्कालै धरौटी बुझाएपछि हामीले छाडेका हौं,’ महतोले भने। तस्करीका चिनी र गाडी भन्सार कार्यालय ठाढीकै नियन्त्रणमा रहेको उनले बताए।

 

 

पुस १८ गते प्रहरीले तस्करी गरी ल्याएको औषधिजन्य सामग्रीसहित पर्साको वीरगन्ज महानगरपालिका–८ घण्टाघरबाट ना६ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लियो।

 

 

ट्रक चालकसहित तस्करीका सामान बोकेको ट्रकलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

 

 

पुस १७ गते प्रहरीले बिल बिजकभन्दा बढी मालवस्तु तथा औषधिले भरिएको प्रदेश २–०३–००१ ख ०१२९ नम्बरको ट्रकलाई वीरगन्ज महानगरपालिका–२१ परमानीपुर चोकबाट नियन्त्रणमा लियो।

 

 

ट्रक चालकसहित मालसामानसहित ट्रकलाई कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

 

 

देशकै प्रमुख भन्सार नाकाबाट भइरहेको अवैध आयात ९तस्करी० को फेहरिस्त लामै छ। माथिका यी प्रतिनिधिमूलक घटना मात्र हुन्। पछिल्लो समय प्रदेश २ मा तस्कर राज चलेको छ।

 

 

वीरगन्ज, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको सीमा क्षेत्रबाट अवैध कारोबार फस्टाएको छ। कारोबारीका अनुसार भारतबाट न्यून बिजकीकरण र भन्सार राजस्व छली भित्रिएका वस्तु सीमावर्ती गाउँसहर हुँदै मुख्य सहरमा ल्याएर अन्य सहरमा पठाउने गरिएको छ।

 

 

अवैध रूपले भित्रिएका वस्तुको बिलबिजक काटेर सपोर्टिङमा पुरानो प्रज्ञापनपत्र राखेर विभिन्न सहर पठाउन थालिएको छ,’ एक कारोबारीले भने।

 

पछिल्लो समय सिरहाको झाझपट्टी सीमा नाकाअन्तर्गत कसन्डी क्षेत्रमा तस्करको राज छ। जहाँ सशस्त्र प्रहरी इन्सपेक्टरको कमान्डमा बोर्डर आउटपोस्ट छ।

 

 

 

सईको कमान्डमा नेपाल प्रहरीको चौकी छ। मध्य रातदेखि बिहान ५ बजेसम्म भारतीय र नेपाली पिकअप जिपमा तस्करले मालसामान तस्करी गरेको दृश्य बस्तीका सबैले देख्छन् तर तस्करी नियन्त्रणका लागि तैनाथ सशस्त्र र नेपाल प्रहरी भने तस्करीबारे अनभिज्ञता प्रकट गर्छन्।

नागरिक दैनिकमा खबर छ।