मेडिकल कलेजलाइ गैह्रकानुनी र गुण्डागर्दी शैलीमा विद्यार्थीबाट शुल्क बढी नलिन वैद्य निकट अखिल (क्रान्तिकारी)सहित ७ विद्यार्थी संगठनको पाँच बुदे ज्ञापनपत्रसहित चेतावनी

काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) सहित सत्तारुढ विद्यार्थी संगठनहरूले तीन वटा मेडिकल कलेजहरूलाइ गैह्रकानुनी र गुण्डागर्दी शैलीमा विद्यार्थीहरूबाट शुल्क नलिन चेतावनी दिएका छन्।  

 

 

 

त्यस्तै विद्यार्थी संगठनहरूमा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल,नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का प्रकाश शाही अखिल छाैठाैंका देवेन्द्र कुंवरलगायतका सात संयुक्त विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गरेका छन्।  

 

 

 

 

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत आफूखुसी शुल्क वृद्धि गरेकोमा संगठनका नेताहरूले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

 

राज्यले तोकेभन्दा बढी विद्यार्थीहरूबाट आफूखुसी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणिपाल मेडिकल कलेज पोखरा, काठमाडौं मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरूकाे आन्दोलित प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण र पूर्ण ऐक्यबद्धता रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

 

 

 

यदी विद्यार्थीका माग सुनुवाइ नभएमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नुपर्ने भन्दै चेतावनी समेत दिइएका छन् ।

 

 

 

चिकित्सा शिक्षाका विद्यार्थीहरूको जायज मागहरूमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरूलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गरेका छन्।

प्रेस विज्ञप्तिसहित-