प्रचण्ड र विप्लवसँग एकता तत्काल सम्भव छैन :महासचिव मोहन बैद्य (किरण)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताएका छन्। 

 

 

 

 
 प्रचण्डले पूर्वमाओवादीसँग एकीकरण गर्ने भन्नु भएको छ,वैद्यले भने, माओवादी केन्द्रसँग हाम्रो पार्टीकाे एकता सम्भव नभएको बताएका छन् ।

 

 

पुरानो व्यवस्था र संविधान स्वीकार गरेर एकताको सम्भावना छैन । माओवादी केन्द्रले माओवादसमेत त्यागिसकेको रअदालतले बाध्यताले अहिले फेरि माओवादी बनेको टिप्पणी समेत उनले गरेका छन्।

 

 

  इच्छाले माओवादी हुनु भएको होइन,हाँहरू माओवाद पनि छाडेर डबल नेकपा हुनु भएको हो । तर, अदालतले माओवादी केन्द्र फेरि बनाइदियो । बाध्यताले उहाँहरूले माओवाद भन्नु भएको छ ।

 

 

 

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको उँहाले बताउनु भयाे । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले स्मरण गर्नुभयाे ।

 

 

 

पछिल्लो समय त जनमत संग्रहबाट समाजवाद ल्याउने कार्यदिशा अगाडि सारेको भन्दै बैद्यले भने, ‘प्रचण्डजीहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद आउँछ भन्नु र विप्लवजीहरुले जनमत संग्रहबाट समाजवाद आउँछ भन्नुमा के फरक भयो ।

 

 

 

अहिले नै प्रचण्डकै बाटोमा विप्लव गइहाल्य भनेर त नभनौं, तर हेर्दा त्यतै सोझिनुभयो भन्ने हामीलाइ लागि रहेकाे छ ।

 

 

 

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एउटा खुट्टा संघर्षको मैदानमा र अर्को खुट्टामा सरकारतिर राखेकाले एकता सम्भव नभएको वैद्यले भन्नुभयाे।

 

 

 

 

  अवसरवादीहरू एकातिर, सच्चा क्रान्तिकारीहरू अर्कोतिर नयाँ ढंगले पार्टी एकताको ढोका खुल्छ भन्ने विश्वास गरेकाे वैद्यले भने ।

 

 

 

आउँदो चुनावको उपयोग गर्ने वा बहिष्कार गर्ने भन्नेबारे परिस्थिति हेरेर निर्णय लिने वैद्यले बताए। ‘परिस्थितिको विश्लेषण गरेर उपयोग र बहिष्कार पनि गर्न सकिन्छ,’ उनले भने, ‘हामीले कुनै बेला बहिष्कार पनि गर्दै आएका छौं, कुनै बेला उपयोग गर्दै आएका छौं । उपयोग गर्दा फाइदा हुन्छ भन्ने लाग्यो भने चुनावमा पनि जानसक्छाैं वैद्यले भन्नुभयाे।

 

 

 

त्यस्तै राजासँग कुनै पनि सहकार्य हुन नसक्ने वैद्यले बताए। राजाले श्रीपेजकाे र राजतन्त्रकाे माेहाे त्यागेर कम्बाेडियाकाे राजा जस्ताे हुने हाे भने केही सहकार्य गर्न  सकिने वैद्यले बताउनु भयाे।  एक टेलिभिजन कार्यक्रमकाे अन्तर्वार्ताले केही भ्रम सृजना गरेकाे पनि उँहाले बताउनु भन्नुभयाे।