काठमाडौं उपत्यका तीन जिल्लामा नयाँ प्रावधान लागु यी क्षेत्रमा लगाइयो प्रतिबन्ध

काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो कोरोना संक्रमण रोकथाम गर्न नयाँ प्रावधान ल्याइएको छ । आज तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो ।

 

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार यही माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

 

 

यस्तै, माघ मसान्तसम्म आमसभा, भेला, जुलुस गर्न नपाइने भएको छ । गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नरगराउन पाइनेछ ।

 

 

 

भौतिक रूपमा उपस्थित गराउनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना हुने गरी माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरूलाई मात्रै उपस्थित हुने गरी गराउन पाइनेछ ।

 

 

सार्वजनिक सवारीसाधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्नेछ । यी व्यवस्थाहरू आज राति १२ बजेदेखि लागु हुने जिल्ला प्रशासन कार्यलयले जनाएकाे छ ।