प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

 

 

 

प्रधानमन्त्री देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन, प्रधानमन्त्रीकाे सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

 

 

देशमा संघीय निर्वाचन, स्थानीय निर्वाचन वा तीनै तहका निर्वाचन एकसाथ गराउने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

 

 

 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन गराउनका लागि शुक्रबारसम्म मिति घोषणा हुनुपर्ने सर्त राखेको छ । यही दिन प्रधानमन्त्रीले गर्ने सम्बोधनलाई महत्त्वका साथ हेरिएको छ ।