भरतपुरको लंकू धर्मचोकमा स्कुटर दुर्घटना,१ जनाको मृत्यु, १ जना गम्भीर घाइते

चितवन। चितवनमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे मृत्यु एक जना गम्भीर घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकू, धर्मचोकमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको हाे।

 

 

 

मृत्युु हुनेमा स्कुटर चालक भरतपुर १६ का ३५ वर्षीय दिल खत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

 

 

स्कुटरकाे पछाडि सवार सोही स्थानका २४ वर्षीय दिवस चापागाईं पनि गम्भीर घाइते भएका छन् भने उनकाे उपचार भईरहेको अस्पतालले जनाएकाे छ।

 

 

 

भरतपुर महानगरपालिका वडा नम्बर ४ धर्मचोकमा विहिबार राति ९.४५ बजे शिवघाटबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३-००४ प ७३२२ नम्बरको स्कुटर लंकू धर्मचोकको वरपिपल चौतारीमा ठोक्किएर दुर्घटना भएको थियाे।

 

 

 

तिव्र गतिको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा घाइते दुवै जनालाई स्थानीय बासिन्दाले उद्धार गरेर उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाएका थिए।