भिजिट भिसामा खाडी मुलुक जान माघ १० गतेदेखि रोक

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण सरकारले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ।

 

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै गृह मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो।

 

 

 

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको हाे।