एमसीसीबारे धारणा बनाउदै माओवादी केन्द्र छलफलमा

                                                                     फाइल तस्वीर-

काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बारे धारणा बनाउन नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल थालेको छ।

 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीलाई पठाएको पत्र र अमेरिकाको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र छलफलमा जुटेको हो।

 

 

 

यसबारे आन्तरिक छलफल गरेर धारणा सार्वजनिक गर्ने माओवादी केन्द्रले जानकारी दिएको छ।