‘नक्कली’ मा अमन र प्रियानाको भिडियोमा रोमान्स

काठमाडौं। गायक अमन प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को रोमान्स भिडियोमा देख्न पाइने भएको छ । ‘नक्कली’ को आफ्नै गीतको भिडियोमा अमनले प्रियानासँग रोमान्स गरेका हुन् ।

 

 

 

अबुन पाण्डेको शब्द रहेको गीतमा पछिल्लो समय अस्ट्रेलिया निवासी संगीतकार टिका दाहालले संगीत भरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।

 

 

 

बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । कान्तिपुर होलिडेज अस्ट्रेलियाको समेत सहकार्य रहेको भिडियो गायक अमनले मार्फत युट्युबबाट सार्वजनिक गरेका हुन् ।