राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा विरोध प्रदर्शन

पोखरा ।राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा भब्यरुपमा सम्पन्न भएको छ ।

 

 

गण्डकी प्रदेशमा कार्यगत एकतामा सम्मिलित राजनीतिक दल ÷ संगठनहरुको संयुक्त बिरोध कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सेक्रेटरी केश वहादुर परियारले यो राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी र राष्ट्रिय स्वाधीनता रक्षा गर्नका लागि सम्पूर्ण  देशभक्त, वामपन्थी, राष्ट्रवादी शक्ति, प्राध्यापक वुद्धिजीवि, नागरिक समाज, व्यापारी, कर्मचारी, सरक्षाकर्मी र व्यक्तित्वहरुलाई उपस्थित भई आन्दोलनलाई सफल पार्न एकतावद्ध भएर संघर्षमा आउन आब्हान गर्नु भयो ।

 

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुमा नेकपा (मसाल) चन्द्र वहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका गोकुल पराजुली, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका विनोद सुनाम, नेकपा (माओवादी केन्द्र समाजवादी) का भोजराज त्रिपाठी र नेपाल कम्युनिष्ट पार्टीका मनिश भट्टराईले बोल्नु भएको थियो ।

 

 

 

उक्त बिरोध कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले नागरिक समाजको तर्फबाट बोल्दै यो एमसीसी परियोजना नेपाललाई अनुदान दिनको लागि ल्याइएको होइन यो अमेरिकाले एमसीसी मार्फत लगानी गर्न खोजेको हो ।

 

 

त्यस्तो लगानी नेपाललाई चाइदैन एमसीसी सम्झौता पूणरुपमा खारेज हुनु पर्छ भन्नु भयो ।

 

 

 

पोखराको सृजनाचोकबाट नारा जुलुस सहित विशाल रयालीका साथ दिनको १।३० बजे ९लखनचोक० पृथ्वीचोकमा पुगी बिरोध कार्यक्रम सुरु भएको थियो ।

 

 

 

राष्टिय जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बरालको अध्यक्षतामा भएको उक्त संयुक्त बिरोध कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाटले गर्न भएको थियो ।

 

 

 

संगम सास्कृतिक मञ्चको तर्फबाट विच विचमा एमसीसीको बिरोधमा संकलीत गितहरु प्रस्तुत गर्दै कार्यक्रलाई संगितमय बनाइएको थियो ।