स्थानीय तह निर्वाचनमा राप्रपाको पाँच बुँदे यस्तो छ रणनीति

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरेको छ ।

 

 

बैठकमा राप्रपा महामन्त्री एवं निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए ।

 

 

 

राप्रपाले पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको छ ।