अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले २७ औं जनयुद्ध दिवसको अवसरमा अध्यक्ष केसीद्वारा प्रेस वक्तव्य जारी

काठमाडौं। फागुन १ गते नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक दिन हो । किन भने आज भन्दा २६ पहिले अर्थात् २०५२ साल फागुन १ गते ( सन १९९६ फेब्रुअरी १६ का तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को  पहलमा ” सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरौं , जनताको जनवादी राज्यसत्ताको स्थापना गरौं ” भन्ने मूल नाराका साथ महान् जनयुद्धको शुरुवात गरिएको थियो ।

     
 
 
 
अत: तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) ले सञ्चालन गरेको महान् दस वर्षे जनयुद्ध समग्र युध्द थियो किनभने महान् जनयुद्ध नेपाली समाजको राजनीतिक रुपान्तरण  ,आर्थिक रुपान्तरण , सामाजिक रुपान्तरण , साँस्कृतिक रुपान्तरण सहितको आमूल परिवर्तन गर्ने महान् उद्श्ये र लक्ष्य प्राप्तिका लागि थालनी गरिएकोले महान् दस वर्षे जनयुद्ध नेपाली समाजको समग्र वर्गयुध्द थियो भन्ने हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर रहेको छ ।
 
 
 
र जतिबेला रुस र चीनमा भएको प्रतिक्रान्तिले विश्व समाजवादी शिविर ढलेको बेला र सन १९९२ मा सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको पेरुभियाली कम्युनिस्ट पार्टी ( साइनिङ पाथ ) अध्यक्ष कमरेड गोन्जालोको गिरफ्तारी पछि विश्व सर्वहारा वर्गका बीचमा व्यापक निराशा छाइरहेको तत्कालीन अवस्थामा नेपालमा मात्र होइन विश्वस्तरमा न‌ै हलचल पैदा हुनेगरी महान् दस वर्षे सञ्चालन भएकोले उक्त जनयुद्ध साँच्चिकै ऐतिहासिक थियो भन्ने हाम्रो संगठनको मान्यता रहेकोले हामी महान् दस वर्षे जनयुद्धलाई सलामी टक्र्याउन चाहन्छौं ।
       
 
 
आज नेपालमा क्रियाशील माओवादी कम्युनिस्ट पार्टीहरुले २७ आौं महान् जनयुद्ध दिवस मनाइरहेको यस ऐतिहासिक अवसरमा हाम्रो संगठन पनि ऐक्यबद्धता जाहेर गर्दै  महान् शहिदहरुलाई हार्दिक श्रध्दान्जली अर्पण गर्दै हजारौं घाइते – अपांग तथा वेपत्ता योध्दाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौं । 
     
 
 
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को मूल नेतृत्वमा वैचारिक विचलन पैदा भई स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरुका सामु आत्मसमर्पण गरेर महान् नेपाली क्रान्ति र जनतालाई धोका दिएर गध्दारी गरे पछि महान् दस वर्षे जनयुद्धले सेडव्याक खाएको भएपनि मूलधारका क्रान्तिकारी माओवादी पार्टीहरु क्रान्तिको तयारीमा जुटिरहेको वर्तमान अवस्थामा हाम्रो संगठनले ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछ र महान् नेपाली क्रान्ति अवश्यम्भावी छ भन्ने कुरामा दृढता व्यक्त गर्न चाहन्छ ।
 
     
 
 
आज जुन नेपाल , भारत , फिलिपिन्स , टर्की , भेनेजुयला , अफगानिस्तान , फ्रान्स , नेदरल्यान्ड लगायतका देशका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आ- आफ्नो देशको वस्तुगत र आत्मगत अवस्थाका आधारमा जुन भारतमा सशस्त्र जनयुद्ध सञ्चालन भइरहेको छ भने अन्य देशहरूमा अर्थात् नेपालमा  सशस्त्र जनविद्रोहको तयारी भइरहेको छ भने कतै सशस्त्र जनयुद्धको तयारी भइरहेको छ ।
 
 
 
 
यस प्रकारको परिस्थितिमा विश्वका कुनै पनि मुलुकका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद प्राप्त गर्ने लक्ष्य र उद्श्येका सञ्चालन गरिने क्रान्तिका प्रक्रियाहरुमा हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता रहने दृढ प्रतिबद्धता जाहेर गर्दै प्रचारप्रसार , लेखनका साथै सबैखाले सरसहयोग गर्दै जाने हाम्रो उद्श्ये र योजना रहेको हामी विश्व जनसमुदायलाई जानकारी गराउन चाहन्छौं  । धन्यवाद !
 
                             क्रान्तिकारी अभिवादन सहित ।
 
 मिति : १३ फेब्रुअरी २०२२
 
        ( १ फागुन २०७८ ) 
 
                                                                                                                              ( हस्तबहादुर केसी ) 
                                                                                                                                      अध्यक्ष 
                                                                                                                    अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 
                                                                                                                    केन्द्रीय कार्यालय काठमाडौं , नेपाल