लागु औषधसहित एक जना पक्राउ

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका -२ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।

 

 

स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

 

 

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।