शेयर बजारमा १०१ अंकको घट्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयरबजारमा उच्च गिरावट देखिएको छ। यस दिन बजारमा १०१ अंकको गिरावट देखिएको हो ।

 

 

फागून १ गतेदेखि लागूहुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढनएसँगै बजारमा उच्च गिरावट आएको हो ।

 

 

 

 

वाणिज्य बैंकहरुले माघ महिनामो अन्तिम दिन मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशतविन्दुले बढाएर प्रकाशित गरेका थिए। ब्याजदर बढेपछि शेयर बजारमा बिक्री चाप बढेको छ, जसले नेप्से सूचक उच्च अंकले घटेको छ।

 

 

यस दिन नेप्से सूचक बजार खुलेदेखि नै गिरावट भई बजार बन्द हुने समयमा १ सय एक अंकले घट्न पुगेको हो । यस दिन नेप्से सूचक १०१ अंकले घटेर २७००।३२ विन्दुमा झरेर बन्द भएको छ । यस दिन बजारमा ५ अर्ब ९७ करोड रुपैयाँको शेयर कारोबार भएको छ।