एमसीसी खारेजीको माग गर्दै एकीकृत समाजवादीको विरोध प्रदर्शन

काठमाडौं।सत्तारुढ दल एकीकृत समाजवादीले एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।आइतबार सो पार्टीका भ्रातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

 

 

 

उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए ।

 

 

 

प्रदर्शनका क्रममा पार्टीसँग आवद्ध भ्रातृ संगठनका नेताहरुले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् ।

 

 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमसीसी यथास्थितीमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।