सुनको मूल्य १२ सयले बढ्यो,कतिमा हुँदैछ कारोबार

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक हजार २०० सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

 

 

 

फागुन महिनाको पहिलो दिन आइतबार ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।

 

जसको मूल्य सोमबार प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।

 

 

 

 

त्यस्तै मंलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।