नेपालमा थप २६२ जना कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २६२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२९ र एन्टीजेन परीक्षणबाट ३३ जनामा कोरोना पुष्टि भएको छ ।

 

 

 

 

सोही अवधिमा ९ हजार ८१५ वटा नमूना परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ६ हजार ५७२ र एन्टीजेन परीक्षण ३ हजार २४३ भएको छ ।

 

 

 

पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमणक्त भएका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।