दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं। साताको दोस्रो दिन कारोबार हुँदा सेयर बजारमा २५.२१ अंकको बृद्धि भएसँगै नेप्से परिसूचक २७१८.३१ विन्दुमा पुगेको छ।

 

 

सोमबार २ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बराबरका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर खरिद बिक्री भएको छ।

 

 

 

शीर्ष स्थानमा रहेको दूरसञ्चारको २६ करोड ५० लाख रुपैयाँको कारोबार हुँदा मूल्य १.५८ प्रतिशतले बढेको छ। जीवन विकास लघुवित्तले २६ करोड ३ लाख रुपैयाँ बराबरको किनबेच भएर दोस्रो ठूलो कारोबारको स्थान ओगटेको छ।

 

 

 

अरुण भ्याली हाइड्रोको १० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ भने अपि पावरको ९ करोड ५० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।