प्रेमिकालाई फकाउन मन्दिरमा चोरी

दिल्ली । कोलार क्षेत्रको मन्दिरमा चोरी गरेको आरोपमा शाहपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको दैनिक भास्करले जनाएको छ ।उनले मन्दिरमा राखिएको दानपेटीको पैसा चोरी पुजाको घण्टीपनि लिएर गएको त्याहाँको प्रहरीले जनाएको छ ।

 

 

 

पक्राउ पर्ने १७ वर्षीय युवक हाल १० कक्षाका विद्यार्थी हुन् । उनी प्रेमिकालाई इम्प्रेस गर्न चन्दा बाकस सफा गर्ने, पैसा खर्च गर्ने काम गर्दथे ।

 

 

 

उनी गर्लफ्रेन्डलाई खर्च गर्न मन्दिरमा चोरी गर्न थाले । उनी मन्दिरमा दर्शन गर्ने बाहानामा मन्दिर आउने गर्थे र दानपेटीको ताला फोरेर पैसा निकाल्थे । चोरेको पैसा उनी प्रेमिकालाई खर्च गर्थे ।

 

 

 

उनी छिमेकमा बस्ने केटीसँग प्रेम सम्बन्धमा थिए । उनले घरबाट प्रेमिकाको लागि पर्याप्त पैसा नपाएका कारण उनी चोरी गर्न थाले ।

 

 

शाहपुरा थाना परिसरमा हनुमान मन्दिर छ। फागुन १५ गते बिहान ११ बजे पुजारी पूजा गरेर गएका थिए । उनले मन्दिरको शटर ताला लगाएका थिएनन् ।

 

 

यसैबीच अभियुक्त बालक मन्दिर दर्शन गर्न मन्दिर पुगे र गर्भगृहमा राखिएको दानपेटी काटेर पैसा चोरेका थिए ।

 

 

प्रहरीले प्रहरीले उनलाई ३० देखि ३५ ठाँउको सीसीटीभी फुटेजको आधारमा उनलाई पक्रिएको हो । युवकले भीड नहुँदा गोप्य रुपमा चन्दा पेटीको ताला तोडेर नगद चोरेको स्विकार गरेका छन् ।