नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

 

 

 

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ।सोमबार १ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

 

 

हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन्।गत चौबीस घन्टामा ५ हजार २२५ पीसीआर तथा २ हजार ९१५ एन्टिजेन परीक्षण भएको छ।