क्रान्तिकारी माओवादीले गर्यो एमसीसी विरुद्ध काठमाडौंलगायत देशैभर मशाल जुलुस प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहितका ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेका छन् ।

 

 

 

पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष इश्वर तिमिल्सिना र अखिल क्रान्तिकारी की केन्द्रीय उपध्यक्ष शिलु न्याैपानेलगातकाले बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको थियाे।

 

 

 

प्रहरीकाे अवरोध छिचोल्दै बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयाे।

 

 

 

त्यस्तै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल र कलंकीमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

 

 

 त्यस्तै संघर्षरत ६ पार्टी र २ मोर्चाले देशभरका अधिकांश जिल्लाहरुमा समेत मशाल जुलुस प्रदर्शन गरिएको सम्बद्ध केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयाे।  

 

 

 राष्ट्रघाती एमसीसी खारेजीको लागि संघर्षरत ६ पार्टी र २ मोर्चाले भोलि बिहिबार १२ बजे माइतीघरबाट नारा जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम समेत रहेको गजुरेलले जानकारी दिनुभयाे।