अभिनेता पल शाहविरुद्ध गायिका समीक्षाले दिइन् किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी दिएकी छन्।  शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

 

 

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

 

 

 

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

 

 

 

अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।