एमसीसी विरूद्धको विरोध प्रदर्शनमा गरिफ्तार परेकी सुनिता बुढाथोकी हिरासतबाट रिहाइ

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)लगायत ६ पार्टी र २ मार्चाले गरेको एमसीसी विरूद्धको विरोध प्रदर्शनमा गरिफ्तार परेकी सुनिता बुढाथोकी र नबिना दाहाल आज प्रहरी हिरासतबाट रिहाइ भएकी छन्।

 

 

क्रान्तिकारी माओवादीकी ३ नं प्रदेश सदस्य समेत रहेकी बुढाथोकी ४ दिनको हिरासत बसाँइपछि आज रिहा हुनुभएको हो।

 

 

गिरफ्तार गरि कथित अभद्र व्यवहारको झुट्टा मुद्दा लगाई देउवा नेतृत्वको गठबन्धन सरकारले उहाँहरुलाई हिरासतमा राखेको थियो।

 

 

 

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य किरणले उहाँहरूका झुट्टा मुद्दा खारेज गरी अविलम्ब र निशर्त रिहाइ गर्न माग समेत गर्नु भएको थियो।