काभ्रेमा शंकास्पद वस्तु भेटियो, बम भएको आशंका

काभ्रे ।काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा शंकास्पद वस्तु भेटिएको छ। सडकमा रातो झोलाभित्र ‘नो एमसीसी, खतरा’ लेखेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। उक्त क्षेत्रलाई आवागमन रोकेर नेपाल प्रहरीले सुरक्षीत राखेको छ ।

 

 

 

उक्त बस्तु बम भएको आशंका छ । उक्त बस्तुलाई नेपाली सेनाले डिस्पोजको तयारी गरेको छ । हालसम्म उक्त वस्तु राखेको कसैले जिम्मा लिएको छैन।

 

 

 

 

संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण ठाउँ ठाउँमा हिंसात्मक गतिविधीसमेत हुन थालेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

 

 

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।