देशभर विहानैदेखि नेपाल बन्दको प्रभाव, क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन पक्राउ

काठमाडौं । एमसीसी खारेजीका लागि संघर्षरत क्रान्तिकारी माओवादीसहितका ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पारित गरेपछि त्यसको प्रतिरोधका निम्ति आजका लागि आव्हान गरेको नेपाल बन्दको विहानैदेखि उपत्यका लगायत देशैभर प्रभाव परेको छ ।

 

 

 

बन्द सफल पार्न विहानैदेखि देशभक्त क्रान्तिकारीहरु सडकमा निस्किएका छन् ।

 

बन्द गराउने क्रममा  क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा लिग, नेपालका अध्यक्ष अमिर महर्जन आकाशलाई कुलेश्वर पुलबाट गिरफ्तार गरेको छ ।

 

 

 

उपत्यकामा लामो दुरीका र छोटो दुरीका सवारी साधनहरु न्यून रुपमा गुडेका छन् । अधिकांश पसलहरु बन्द अवस्थामा रहेका छन् ।

 

 

 

आजको बन्द सफल पार्न आठ दलले सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी, सच्चा लोकतन्त्रवादीहरु लगायत जनसमुदायलाई हार्दिक अपिल गरेको छ ।

 

 

 

बन्द सफल पार्न उपत्यकाको चावहिल, बसुन्धरा, कीर्तिपुर लगायत देशैभर मसाल जुलुसको समेत प्रदर्शन गरेको थियो ।