क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले बेनोज अधिकारीको स्मृति दिवस मनायो

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले एक कार्यक्रम गरी बेनोज अधिकारीको स्मृति दिवस मनाएको छ।

 

 

सो कार्यक्रलाई अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले सम्बोधन गर्दे भने जनयुद्धमा विद्यार्थीले ठूलो योगदान गरेका छन्।

 

जनयुद्धको बेला शहिद,वेपत्ताहरुले देखाएका सपनाहरु अझै पनि साकार हुन नसकेको र शहिदहरुले देखाएको बाटो आफुहरुले नविराउने उँहाले बताउनु भयो।

 

त्यस्तै शिक्षा र स्वास्थ्य अहिले माफियाहरुको हातमा परेको र अब अर्को आन्दोलन गर्ने बेला भएको उँहाले बताउनु भयो।

 

अब विद्यार्थीहरुले दलालहरुका विरुद्ध लड्न एटम बम भएर पट्किने बेला आएको त्यसको लागि सबै विद्यार्थीहरु तयार भएर बस्न अग्रह गरे। र यो दुनियाँ बदल्ने ताक्त भनेको विद्यार्थीहरुसँग मात्र हुन्छ उनले भने।

 

 

  प्रचण्ड,बाबुरामहरुले महान जनयुद्धमा गरेका बाचाहरु बिसेर शहिद,बेपत्ता र घाइतेहरुको अपमान गरेको बताउनु भयो।

 

 


त्यस्तै कार्यक्रमको संञ्चालन अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले गर्नु भएको थियो। बेनोज अधिकारी जस्ता शहिदहरुले देखाउनु भएको बाटोमा अगाडी बढ्न अखिल क्रान्तिकारीमा रहेका हामी सम्पूर्ण विद्यार्थीहरु लागि रहने उँहाले बताउनु भयो ।

 

 

त्यस्तै कार्यक्रममा केन्द्रीय सचिव महेश श्रेष्ठ,सचिव राम बहादु तिरूवा र सिटिइभिटी उपत्यका संयाेजक नरबहादुर कुमाललगायतका विद्यार्थी नेताहरूकाे उपस्थिति रहेकाे थियाे।