खोटाङमा अखिल(क्रान्तिकारी) द्वारा शिक्षकमाथि कारबाही, पक्राउ गरिएका प्रदेश सदस्य पावेल राईको बिना सर्त रिहाइको जोडदार माग (विज्ञप्तिसहित)

खोटाङ । नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल क्रान्तिकारीले खोटाङमा एक शिक्षकमाथि कारबाही गरेको छन्।

 

 

लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, रक्सी खाएर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अखिल (क्रान्तिकारी)ले शिक्षकमाथि उक्त जनकारबाही आज गरेको हो ।

 

 

 

त्यसैगरी शिक्षकलाई सुध्रन पटक–पटक सुझाव दिएको र सम्बन्धित निकाय गाउँपालिकाको शिक्षा शाखामा समेत उजुरी गर्दा उल्टै बचाउ गरिएकाले कालो मोसो र जुत्ताको माला लगाइ कारबाही गरिएको बताइएको छ ।

 

 

 

 

खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी नरहामा रहेको पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई उक्त जनकारबाही गरिएको हो ।

 

 

 

अखिल (क्रान्तिकारी)का १ नं. प्रदेश सदस्य पावेल राईलाई उक्त घटनामा संलग्न भनी गिरफ्तार गरिएको प्रति संगठनले घोरविरुध एवं आपत्ति जनाएको छ ।

 

 

 

विद्यार्थी नेता राईलाई विनासर्त तुरुन्तै रिहाइ नगरे उत्पन्न हुने समस्याको जिम्मेवारी सम्बन्धित निकाय हुनुपर्ने चेतावनी समेत उक्त संगठनले एक प्रेस विज्ञप्ति जारी गर्दै दिएको छ ।