क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी)सहितका संयुक्त विद्यार्थी संगठनहरूले एमसीसीविरूद्ध क्याम्पसहरूमा कालो व्यानर झुन्ड्याएर विरोध

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)सहितका संयुक्त विद्यार्थी संगठनहरूले एमसीसीविरूद्ध देशभरका क्याम्पसहरूमा कालो व्यानर झुन्ड्यर विरोध गरेका छन्।

 

 

 


राष्ट्रघाती एमसीसी सम्झौता पारित गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनहरूले आज देशभरका क्याम्पसहरुमा कालो व्यानर झुन्ड्एर विरोध गरिएको अखिल (क्रान्तिकारी) की केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिनुभयो।

 

 

आज काठमाडौं उपत्यकामा रहेका त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पसलगायतमा व्यानर झुन्ड्यार विरोध गरिएको न्यौपानेले बताउनु भयो।

 

सो कार्यक्रम ६ पार्टी र २ मोर्चाले घोषणा गरे अनरूप विद्यार्थी संगठनहरूले पनि एमसीसीको विरोध गरि रहेका छन्।