एसईई परीक्षामा कायम रहेको उमेर हद हट्यो

काठमाडौं । सरकारले एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्थालाई संशोधन गर्दै अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने बनाएको छ ।

 

यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेको थियो ।

 

 

 

शिक्षा मन्त्रालयकाअनुसार विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने बनाइएको हो ।

 

 

 

मन्त्रालयले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरि उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट गरिएको जनाएको छ ।

 

 

राष्ट्रिय परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने नै निर्णय गरिसकेको छ।