आयल निगममा नयाँ कार्यकारी निर्देशक आज आउँदै

काठमाडौं । नेपाल आयल निगममा नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने सरकारले तयारी गरेको छ ।

 

आज बस्ने मन्त्रीपरिषद्को बैठकले सिफरिस समितिले पठाएका नाम मध्येबाट एक जनालाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने जनाइएको छ ।

 

 

 

 

निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार तीनजनाको नाम सिफारिस गरेको थियो । निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

 

 

निगमको कार्यकारी निर्देशक पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गत पुस २५ गते दरखास्त आह्वान गरिएको थियो । सोअनुसार १७ जनाको आवेदन परेकोमा त्यसमध्ये समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

 

 

 

 

सिफारिसमा पर्नेहरूमा गोरखा स्थायी घर भएको चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् ।

 

अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल प्रधानमन्त्री स्वयंसंग रहेको छ ।

 

 

 

 

मन्त्रालयमा मन्त्री नभएका कारण प्रधानमन्त्रीले चाहेको व्यक्ति निगमको कार्यकारी निर्देशक हुने सम्भावना रहेको बताइन्छ ।

 

 

 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्यवृद्धिसँगै आयल निगम पनि घाटामा चलिरहेको छ । यस्तो अवस्थामा निगमको नेतृत्वमा पुग्नेलाई ठूलै चुनौती रहने देखिएको छ ।