नेपाली लेन्डुप दोर्जेहरुलाई माटोमा मिलाउन संयुक्त जनआन्दोलनको सुनामी सृष्टि अपरिहार्य

– हस्तबहादुर केसी
यस लेखमा राष्ट्रघाती एमसीसी पारित गर्ने राष्ट्रिय लालगद्दारहरु र दलालहरुको चिनारीका रुपमा नेपाली लेन्डुप दोर्जेहरुको बारेमा र संयुक्त जनआन्दोलनलाई लक्ष्यमा नपुगुन्जेलसम्म जारी राख्ने विषयमा लेख्न प्रयत्न गरिएको छ ।

 

 

स्वतन्त्र सिक्किमलाई भारतमा विलय गराउन मुख्य भूमिका खेलेको सक्किमका लेन्डुप दोर्जे दक्षिण एशियाकै गद्दारका रुपमा चिनिन्छ । दक्षिण एशियामा कसैले लेन्डुप दोर्जेको नाम लियो भने उनलाई दक्षिण एशियाकै गद्दार र देशद्रोही भनेर चिन्ने गरिन्छ ।

 

 

नेपाल पनि दक्षिण एशिया कै स्वतन्त्र र सार्बभौम मुलुकको हो । नेपाल कहिल्यै पनि पराधिन भएर, अर्काे गुलाम बनेर बाँचेको देश होइन । इतिहासदेखि नै स्वतन्त्र र सार्वभौम देश बनेर आएको छ ।

 

 

सिक्किम त एउटा मात्र लेन्डुप दोर्जे थियोे, जसले स्वतन्त्र देश सिक्किमलाई भारतमा गाभिदिएको थियो । तर नेपालमा दर्जनौं लेन्डुप दोर्जेहरु छन् ।

 

जसले स्वतन्त्र र सार्वभौम नेपाललाई वैदेशिक शक्तिहरुका सामु लम्पसार परेर राजनीतिक रुपमा र वर्गीय रुपमा समेत आत्मसमर्पण गरेर स्वतन्त्र र सार्वभौम नेपाललाई वैदेशिक शक्तिहरुलाई बुझाउने षड्यन्त्र र प्रपञ्च रचिरहेका छन् ।

 

 

अब को–को हुन् त नेपाली लाल गद्दार लेन्डुप दोर्जेहरु ? के-के र कुन कुन ठाउँमा राष्ट्रघाती, देशघाती कार्य गर्नेहरु गर्दै आएका छन् ? ती लेन्डुप दोर्जेरुपी लाल गद्दारहरुलाई अब नेपाली जनताहरुले राम्ररी चिन्न, जान्न र बुझ्न मात्र होइन, उनीहरूलाई नेपाली माटोमा कसरी मिलाई दिने हो भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

 

(१) को को हुन् नेपाली नेपाली लेन्डुप दोर्जेहरु ?

 

(क) सन् १९५० मा भारत शीतसि राष्ट्रघाती सम्झौता गर्ने तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर जवरा ।

 

(ख) वि.सं. २० ११ साल बैशाख १२ गते भारतलाई कोसी नदी बेच्ने तत्कालीन नेपाली काँग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइराला ।

 

(ग) २०१६ साल मंसिर १९ गते गण्डकी नदी भारतलाई बेच्ने तत्कालीन नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्री विशेश्वर प्रसाद कोइराला ।

 

(घ) २०५३ साल असोज ४ गते महाकाली नदी भारतलाई बेच्ने तत्कालीन नेपाली काँग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन नेकपा (एमाले) का तत्कालीन महासचिव माधवकुमार नेपाल र एमाले कै अर्का नेता केपी ओली ।

 

 

(ङ) अहिले राष्ट्रघाति अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन प्रोजेक्ट यही २०७८ साल फागुन १५ गते साँझ ८ . ५७ बजे संसदबाट पारित गराएर राष्ट्रघात र राष्ट्रिय लाल गध्दारको कलंकको टीका लगाउन सफल भएका नेपाली लेन्डुप दोर्जेहरु को को हुन् ? नेपाली जनताले चिन्न जरुरी छ ।

 

(१) नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ।

(२) नेकपा ( एमाले ) का अध्यक्ष केपी ओली ।

 

(३) नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ।

 

(४) नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल ।

 

(५) जसपाका अध्यक्षद्वय उपेन्द्र यादव , डाक्टर बावुराम भट्टराई ।

 

(६) लोसपाका अध्यक्ष महन्थ ठाकुर ।

 

यिनै हुन् नेपाली लेन्डुप दोर्जेहरु । नेपाली जनताले चिनी राखौं, जानी राखौं, बुझी राखौं ।

 

सम्पूर्ण देशभक्त नेपाली जनता, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको व्यापक विरोधलाई वास्तै नगरी देशव्यापी रुपमा उक्त राष्ट्रघाति एमसीसीका विरुद्ध सडकमा उत्रिएका जनतालाई व्यापक दमन र धरपकड, लाठीचार्ज, अश्रुु ग्यासको प्रयोग, गोली प्रहा गरेर राता रात संसदबाट पारित गरियो ।

नयाँ बानेश्वर क्षेत्रलाई रणभूमिमा परिणत गरियो । किन यस्तो गरियो त ? नेपाली जनताले बेलैमा जान्न आवश्यक हुन्छ ।

 

 

पहिलो कुरा– माथि उल्लेख गरिएका लेन्डुप दोर्जेरुपी लाल गध्दारहरुलाई अमेरिकाले र भारतले किनिसकेका थिए र नेपालबाट बिक्री भइसकेका र अमेरिका र भारतका सम्पत्ति भैसकेले उनीहरूलाई नेपाल र नेपाली जनताको माया हुने कुरै भएन । त्यसैले उनीहरू नेपाल लै बेच्न तयार भए ।

 

 

दोस्रो कुरा– नेपाली काँग्रेस जन्मजात भारत , अमेरिका लगायत वैदेशिक शक्तिहरुको दलाल हो । नेपाली काँग्रेस र त्यस पार्टीका नेताहरु देश बेचुवा , नेपालका नदी – नालाहरु बेचुवा हुन् । त्यसो भएर जुन जुन समयमा सत्तामा पुग्यो , त्यही त्यही समयमा देशका नदी – नालाहरु बेच्दै आएको हो ।

 

 

त्यसैले त नेपालका कम्युनिस्ट पार्टीहरुले , वामपन्थी तथा देशभक्त क्रान्तिकारी कम्युनिस्टहरूले नेपाली काँग्रेस राष्ट्रघाति , जनघाति , देश बेचुवा गध्दार भन्दै आएका हुन् ।

 

 

तेस्रो कुरा – नेपाली काँग्रेस त देश बेचुवा , विदेशीहरुको दलाल पार्टी भन्दै आएका नेपालका हालका कम्युनिस्ट आवरणका नामधारी तथा नक्कली कम्युनिस्ट पार्टीहरु र तिनका नेताहरूलाई समेत उछिनेर नेपाल र नेपाल राष्ट्र तथा नेपाली जनताका लाल गध्दार बन्न पुगे ।

 

 

ती नामधारी कम्युनिस्ट पार्टी र त्यसका नेताहरु किन लाल गध्दार बन्न पुगे र नेपाल लै बेच्न तयार भए ? यो नै मुख्य चासोको विषय हो ।

 

 

(क) उनीहरूले यति घृणित र राष्ट्रिय गध्दारी गर्नुमा पहिलो कुरा विचारबाट च्युत भए पछि सबै कुरा गुमाई सकेपछि भ्रष्ट दिमागको विकास भयो र ज्यान पाल्नका निम्ति पनि उनीहरूले वैदेशिक शक्तिहरुको दलाली र चाकडी गर्नुपर्ने भयो । र , लाल गध्दार भइसके पछि उनीहरूलाई देश र जनताको माया हुने कुरै भएन ।

 

 

( ख) त्यस्तै देश बेचुवा गध्दारहरुलाई नेपाली जनताको भरोसा र विश्वास हुने कुरै भएन । त्यसो भए पछि यी लाल गध्दारहरु सधैं सत्तामा पुग्न र टिकिरहनाका निम्ति उनीहरूले अमेरिका भारत लगायतका शक्तिशाली देशहरू र त्यहाँका शासकहरुका सामु लम्पसार परेर आत्मसमर्पण गर्ने र चाकडी , दलाली , च्याप्लुसी इत्यादि गर्दै आए ।

 

 

उदाहरण कै रुपमा लिन सकिन्छ अहिले पाँच दलीय गठबन्धन सरकार जोगाउन कै निम्ति भनेर खुलेआम घोषणा गरेर पार्टी भित्र समेत व्यापक विरोध हुँदाहुँदै नेकपा ( माके) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ( एस ) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रघाति एमसीसी संझौता नेपालको संसदबाट पारित गर्न प्रमुख भूमिका खेले र दक्षिण एशिया कै लालगध्दार लेन्डुप दोर्जे कै हैसियतमा नेपाली लेन्डुप दोर्जेको दर्जा प्राप्त गर्न सफल भए ।

 

 

प्रचण्ड- माधवकुमार नेपाललाई नेपाल राष्ट्र र नेपाली जनता भन्दा सत्ता र कुर्सी प्यारो लाग्यो । नेपाल राष्ट्र र नेपाली जनता भन्दा प्रचण्ड र माधवकुमार नेपाललाई सत्ता , सरकार , कुर्सी र भत्ता ठूलो लाग्यो ।

 

दलालले पैसा पायो भने जन्म दिने आमालाई समेतलाई बेच्छ भन्ने कुरा नेपालका लेन्डुप दोर्जे हरु ५० करोड अमेरिकी डलरमा सिंगो नेपाल राष्ट्रलाई नै बेच्न तयार भए।

 

आज यस लेखमा अमेरिकी साम्राज्यवाद के हो ? उसले किन एकातिर नेपाललाई अनुदान दिने पनि भनेको छ भने अर्कोतिर किन जबर्जस्त दिनलाई दबाब दियो त ?

 

 

धम्की समेत दिएर भए पनि किन जबर्जस्ती दिन खोज्यो त ? भन्ने प्रश्न पनि जोडदार रुपले उठिरहेको छ । यस विषयमा म यहाँ धेरै कुरा गर्न चाहन्न किनभने यस विषयमा आम देशभक्त नेपाली जनताले बुझिसकेका छन् ।

 

 

 

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले पनि जनतालाई सजग गराउने , नबुझेका विषयमा स्पष्ट पार्ने काममा बहुतै मिहिनेत र संघर्ष गरिरहेका छन् यसका अतिरिक्त यहाँका यस विषयविज्ञहरु , बुध्दिजीवीहरु , लेखक – पत्रकार , साहित्यकारहरु , नागरिक समाज समेतले हरेक तह र तप्काका जनसमुदायलाई प्रष्ट पार्दै आएका छन् र यो अभियान जारी छ , राष्ट्रघाति अमेरिकी एमसीसी संझौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने छ ।

 

 

 

 

त्यसो भएर मैले त्यतातिर समय लगाउन चाहेन ।आजको मेरो मुख्य उद्श्ये भनेको नेपाली लेन्डुप दोर्जेहरुलाई जनतालाई चिनाउने र उनीहरूलाई नेपाली माटोमा कसरी मिलाउने ? यस विषयमा स्पष्ट पार्ने रहेको छ ।

 

 

 

यी दलाल तथा लेन्डुप दोर्जृहरुलाई नेपाली माटोमा मिलाउनका निम्ति अब सम्पूर्ण देशभक्त नेपाली जनता विहानीको भालेको पहिलो डाको मै जुरुक्क उठेर तेस्रो जनआन्दोलनको सृष्टि गर्न तयार हुनुपर्ने छ ।

 

 

 

गाउँ गाउँबाट , वस्ति वस्तिबाट उठ्नु पर्नेछ । शहर र गल्लीबाट उठ्न जरुरी छ । राष्ट्रिय स्वाधीनता प्राप्तका लागि नेपाली जनताले एकपटक योगदान गर्ने बेला आइसकेको छ ।

 

 

यहाँ एउटा मुख्य सवाल के हो भने सिक्किमका जनताले राष्ट्रघाति देशद्रोही लेन्डुप दोर्जेलाई समयमै चिन्न नसक्दा उसले छोटै समयमै जनतालाई थाहै नदिएर सिक्किमलाई भारत लाई बुझाउन सफल भयो । तर नेपालमा भने त्यस्तो अवस्था छैन । किनभने नेपाली जनताले नेपाली लेन्डुप दोर्जेहरुलाई चिनि सकेका छन् ।

 

 

बुझिसकेका छन् । तर यो कुरा साँचो हो कि नेपाली जनताले सिक्किमी लेन्डुप दोर्जेले सिक्किमलाई एकै रातमा भारतलाई बुझाए झै सजिलै नेपाललाई नेपाल जनताले बुझाउन दिने छैनन् । यो कुरा नेपाली लेन्डुप दोर्जेहरुले हेक्का राख्न जरुरी छ ।

 

 

यहाँनेर एउटा के कुरा राख्न चाहन्छु भने नेपालमा किन लेनणदुव दोर्जेहरुको जन्म भयो र उनीहरू किन देश नै बेच्न तयार भएका छन् त ? भन्ने प्रश्न नै आज मुख्य प्रश्न बन्न पुगेको छ । प्रश्न र यसको उत्तर के हो भने जो नेपालमा यो सडेगलेको संसदीय व्यवस्था चलिरहेको छ ।

 

 

 

यही संसदीय व्यवस्था कै कारण नेपालमा नेपाली लेन्डुप दोर्जेहरु जन्मि रहेका छन् । उनीहरू नेपालका नदी – नालाहरु मात्र होइन देशै बेच्न तम्सि रहेका छन् ।

 

 

संसदीय व्यवस्था भनेको एउटा हातमा प्रजातन्त्रको झण्डा र अर्को हातमा बन्दुक बोकेर जनतालाई गोली ठोक्ने व्यवस्था हो । पछिल्लो उदाहरणका रुपमा यहाँ राष्ट्रघाति एमसीसी संझौताको खारेजीको माग राखेर राष्ट्रिय स्वाधीनता प्राप्तिका निम्ति सडकमा उत्रिएका जनतामाथि गोली चलाएको घटना ताजै छ ।

 

 

 

नेपालमा जुन समस्या पैदा भएको छ ।बेरोजगारीका कारण लाखौं युवाहरु विदेशीना बाध्य भइरहेका छन् ।जनताको गाँस , बास , कपासको समस्या जटिल बन्दै गएको छ । जनताका जनजीवनका समस्या विकराल बन्दै गइरहेका छन् । जनताका यी समस्याहरु यो संसदीय व्यवस्थाले हल गर्नुको साटो उल्टै विकराल बनाउँदै लैजाने हो ।

 

 

यसको वास्तविक समाधान महान् नेपाली क्रान्तिले गर्ने हो । नेपाली क्रान्ति पुरा गर्ने ऐतिहासिक कार्यभार आज नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आइपुगेको छ । तर यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा विभाजितअवस्थामा छ।

 

 

 

 

क्रान्तिकारी सम्पन्न गर्नका निम्ति पहिलो नम्बरमा यहाँ दलाल तथा नोकरशाही पुँजीपति वर्गको चिहान खन्ने नेपाली सर्वहारा वर्ग अर्थात् ग क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा क्रान्तिकारी एकता हुनु अनिवार्य र अपरिहार्य भइसकेको छ र संयुक्त जनआन्दोलनको सृष्टि गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीले आन्दोलनलाई जारी राख्न जरुरी छ ।

 

(केसी – वरिष्ठ माक्र्सवादी लेखक र राजनीतिक विश्लेषक हुन् ) ।