एमसीसी प्रभाव : माओवादी केन्द्रका नेता विष्टद्वारा सांसद र पार्टीबाट राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

 

 

नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहनुभएका विष्टले अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन शुक्रबार सांसद पद र पार्टी त्यागेको घोषणा गर्नुभएको हो ।

 

 

 

‘मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु,’ उहाँले भन्नुभयो,‘तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन ।

 

 

 

कर्णाली प्रदेशमा पछिलो समय राजनीतिमा खरो विषयमा आवाज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाउनु भएका विष्टको पार्टी छोड्ने घोषणाले कर्णालीको माओवादी केन्द्रमा हलचल आएको छ ।

 

 

 

 

यस्तै कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा)लाई मन्त्री बनाएको विषयमा उहाँले चर्को अस्नतुष्टि जनाउनु भएको थियो भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथनप्रति बिरोधमा हुनुहुन्थ्यो ।