एमसीसी गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरे: अध्यक्ष लिङदेन

                             फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाबाट एमसिसी पारित गर्दा गरिएको व्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् ।

 

 

 

शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला गएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसिसी पारित गर्दा गरेको व्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् ।

 

 

 

उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए ।

 

 

 

‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् ’ उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।