कक्षा १२ को परीक्षा जेठको दोश्रो साताबाट गर्ने तयारी

काठमाडौँ। कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जानकारी दिएको हो । परीक्षाको मिति भने तोक्न बाँकी रहेको पनि बोर्डले जनाएको छ ।

 

 

 

शुक्रबार बस्ने बोर्डको बैठकले मितिसहित तालिका सार्वजनिक गर्ने तयारी छ ।यसपटक प्रश्नपत्र अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

 

 

 

कोरोना महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र छाप्न छोडेको छ । बोर्डका अनुसार यस वर्ष ४ लाख परीक्षार्थी सहभागी हुने छन् ।