चितवनमा साँस्कृतिक प्रतिरोध दिवस भव्यताका साथ सम्पन्न

चितवन ।अखिल नेपाल जनसाँस्कृतिक महासंघ चितवनको आयोजनामा साँस्कृतिक प्रतिरोध दिवस सम्पन्न भएको छ ।

 

 

अध्यक्ष रविकिरण निर्जीवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जनसाँस्कृतिक महासंघका जिल्ला सचिव पूर्ण बहादुर अधिकारीले गर्नुभएको थियोे ।

 

 

सो कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य चन्द्रहरि सुवेदी अटल हुनुहुन्थ्यो ।

 

 

कार्यक्रममा अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिव मोदनाथ मरहठ्ठा,अखिल नेपाल लेखक महासंघका महासचिव अनिल श्रेष्ठ , नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य घननाथ सापकोटा , जिल्ला सेक्रेटरी हेमन्तले मन्तव्य सहित कविता वाचन गर्नुभयो ।

 

 

कार्यक्रममा कविहरु प्रकाशबाबु खनाल, मिसमराज अधिकारी, प्रेम कँडेल, बाबुराम पाण्डे लगायतले प्रतिरोधी कविता वाचन गर्नुभयो ।

 

 

आजको दिन अनेकोटमा च्याङ्बा लामासहित सात जना जनकलाकारलाई तत्कालीन शाही सेनाको कमान्डो फोर्सले गोली हानी हत्याकाण्ड गरेको थियोे ।

 

 

सो कार्यक्रममा जनयुद्धका सहिद परिवारका खड्ग बहादुर कुँवरको पनि समुपस्थिति थियो ।