फरार अभियुक्त पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीय युवाहरुले गरे आक्रमण,प्रहरी चौकीका इन्चार्ज यादव घाइते

काठमाडौं। सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ ।

 

 

 

लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक सई रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।

 

 

 

बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरीले जनाएकाे छ। घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको एसपी प्रहरीले जनाएकाे छ।