युएईले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजमा युएईले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

 

 

 

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०२ रन बनाएको हो।

 

 

 

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए। यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६, भ्रित्या अरबिन्दले २४, बसिल हमिदले १७ र अलिशान सराफुले २१ रन जोडे।

 

 

 

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले समान २ तथा दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले एक–एक विकेट लिए।

 

 

 

सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनी ९पीएनजी०लाई हराएको ने‍पाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।