पल शाहविरुद्धको अनुसन्धान सकियो,फाइल सरकारी वकिल कार्यलयमा

काठमाडौं। पल शाहविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यलयसमक्ष बुझाएको छ। नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ।

 

 

अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।

 

 

 

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो। जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ।