माओवादी केन्द्रका प्रवक्ता महराका स्वकीय सचिव शर्माले गरे पार्टी परित्याग गरेको घोषणा

दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

 

 

 

माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहनु भएका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गर्नुभएको हो ।

 

 

 

‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उहाँले लेख्नुभएको छ ।