अवैध लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौं। दक्षिणकली नगरपालिका-५ स्थित फर्पिङ चेकपोष्टबाट करिब ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित काठमाडौं कीर्तिपुर मच्छेगाउँ बस्ने झापा बिर्तामोड नगरपालिका-६ घर भएका ३१ वर्षीय बिनोद चौधरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ३९९१ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 

 

 

त्यस्तै झापाको मेचीनगर नगरपालिका-१० पुरानो गोरु हटिया बस्ने ४५ वर्षीया मैनी खातुनलाई करिब ९ ग्राम ३२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २४ ग्राम अवैध लागूऔषध गाँजा, नगद ९ हजार ५ सय ६० रूपैयाँ, ९ थान मोबाइल र १ थान डिजिटल मिनि तराजु सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

ईलाका प्रहरी कार्यालय धुलाबारी, लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।