कालोसूचीमा सिफारिस भएपछि स्पष्टीकरण नदिने यी हुन ५ व्यवसायी (सूचनासहित)

काठमाडौं। सरकारले विभिन्न ५ व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई स्पष्टीकरण सोधेको छ ।

 

 

विभिन्न सार्वजनिक निकायहरूको काम सम्झौता अनुसार नसकेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएपछि ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिनभित्रमा स्पष्टीकरण दिन सूचना जारी गरेको हो ।

 

 

यी कम्पनीलाई सोधियो स्पष्टीकरण-

 

 

कार्यालयले बिहीवार सार्वजनिक सूचना जारी गर्दै अमन एन्ड इसा कन्स्ट्रक्सन प्रालि-कैलाली, अभिषेक निर्माण सेवा-दाङ, श्रेष्ठ निर्माण सेवा-पाल्पा र बि.टी.रशिवराम जेभी अन्तर्गत बि.टी.निर्माण सेवा-काठमाडौं र शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि चरिकोटलाई स्पष्टीकरण सोधेको हो।