पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परिक्षण कार्यक्रम भव्यरुपमा सम्पन्न

चितवन। नेपाल पत्रकार महासंघको ६७ औं  स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका क्रियाशील पत्रकारहरुको स्वास्थ्य परिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

 

 

 

भरतपुर अस्पतालको वार्षिकोत्सब तथा पत्रकार महासंघको स्थापना दिवसको संयुुक्त कार्यक्रम अन्तर्गत भरतपुर अस्पतालको प्राविधिक सहयोग एवम् नेपाल ओैषधी व्यवसायी संघको सहयोगमा कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताउनुभयो।

 

 

गत चैत १४ गते १६६ जना पत्रकारहरुको रक्त नमूना संकलन गरि रिपोर्टसहित आवश्यक चिकित्सकिय परामर्श र ओैषधी नि:शुल्करुपमा वितरण गरिएको पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो।

 

 

स्वास्थ्य परिक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले राख्नुभएको थियोे।

 

 

नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, अतिथिहरु भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्थोपेडिक सर्जन प्रा. डा. कृष्णप्रसाद पौडेल , नेपाल ओैषधी व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वर कुमार भण्डारी , भरतपुर अस्पतालका प्रवक्ता फिजिसियन डा. गोविन्द कडेल , नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका अध्यक्ष सुवास पण्डित , मिडिया नेपालका अध्यक्ष समिक्षा पुरी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष प्रेम कडेल, समाजवादी प्रेस युनियनका अध्यक्ष टिकादत्त तिमिल्सिना लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. भोजराज अधिकारीले चितवनलाई मेडिकल सिटीको उपमा दिएसँगै त्यसअनुसारको पूर्वाधार र मेडिकल अध्ययन अनुसन्धानसमेतको वातावरण राज्यले तयार गर्नुपर्नेमा जोड दिदै आफु गरिब निमुखा जनताको सेवामा सधैं तल्लीन रहने प्रतिबद्धता समेत जनाउनुभयो। राज्यले मौलिक हकमा स्वास्थ्य सेवालाई संविधानमा उल्लेख गरे पनि सोअनुसार लागू नभएकोले व्यवस्थापनमा कठिनाई रहेको बताउनुभयो।

 

 

 

कार्यक्रमका अतिथि प्रा. डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालमा बिमाका बिरामीको चाप अत्यन्तै बढेकोमा ध्यानाकर्षण गराउदै सबैलाई सुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न भरतपुर अस्पताल सदैव लागिपरेको बताउदै जिल्लाका पत्रकार साथीहरूको उल्लेख्य सकारात्मक सहयोगले यो संभव हुने दृढ विश्वास व्यक्त गर्नुभएको थियोे।

 

 

 

सरकारले बिमा कार्यक्रममार्फत दिईने स्वास्थ्य सेवालाई अझ व्यवस्थित बनाउन सिमित स्वास्थ्य चिकित्सक , प्राविधिक एवम् प्रशासनिक जनशक्ति अपर्याप्त हुदाँ यसको दिर्घकालिन समाधान खोजीमा जोड दिदै पत्रकार स्थापना दिवसको अवसरमा आँउदै गरेको नयाँ वर्षको शुभकामना समेत दिनुभयो।

 

 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण प्रसाद अधिकारीले चितवन जिल्लामा आफू सदैव सम्पूर्ण पेशागत पत्रकारको हितमा लागिपरेको बताउँदै स्वास्थ्य परिक्षण कार्यक्रमलाई आगामी वर्षहरुमा क्यालेन्डरमै समावेश गरेर लैजान भरतपुर अस्पतालसमक्ष माग गर्नुभयो। कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारी एवम् स्वास्थ्य परिक्षण कार्यक्रम संयोजक विप्लव काफ्लेले संयुक्तरूपमा भरतपुर अस्पताल र नेपाल ओैषधी व्यवसायी संघलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियोे।

 

 

 

 

स्वास्थ्य परिक्षण कार्यक्रममा आवश्यक पत्रकारहरुको ई.सि.जी. समेत गरिएको थियोे । स्वास्थ्य परिक्षणमा भरतपुर अस्पतालका डा. भोजराज अधिकारी , प्रा. डा. कृष्णप्रसाद पौडेल , फिजिसियन डा. गोविन्द कडेल, मुटु रोग विशेषज्ञ डा. मणि गौतम , फिजिसियनहरु डा. नवराज लामिछाने , डा. प्रमोद पौडेल , डा. प्रतीक्षा श्रेष्ठलगायतको स्वास्थ्य प्राविधिक टिम संलग्न रहेको थियो ।

 

 

 

सो अवसरमा निःशुल्क ओैषधी उपलब्ध गराएको नेपाल ओैषधी व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वर कुमार भण्डारीले आगामी दिनमा समेत जिल्लामा पत्रकारहरुलाई आवश्यक सहयोग गर्न आफुहरु सदैव तयार रहने बताउनुभयो। स्वास्थ्य परिक्षण कार्यक्रममा जिल्लामा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवालीले जानकारी दिदै कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा उपस्थित सबै सबैमा धन्यवाद व्यक्त गर्नुभयो।