काठमाडौं महानगरपालिकाको मेयरमा भुवन केसी उठ्ने (विज्ञप्तिसहित)

काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उनी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरको मेयर उठ्ने भएका हुन् ।

 

 

 

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

 

 

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

 

 

 

उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।