पाठेघरको मुखमा हुने क्यान्सर कसरी थाहा पाउने, यस्ता छन् लक्षणहरु ?

काठमाडौं। जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्नु क्यान्सर हुनु हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन्।

 

 

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौ’नस’म्पर्क रा’ख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ।

 

 

महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये धेरै हुने स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ।

 

 

 

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो।

 

 

यद्यपि, यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ। त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ। यदि त्यस्तो संकेत देखापरेमा सतर्क रहनुपर्छ। चिकित्सकीय परामर्श लिनु पर्छ।

 

 

इस्वी संवतको जनवरी महिनालाई क्यान्सरको जागरुकताको महिनाको रुपमा राखिएको छ। पाठेघरको मुखको क्यान्सर सातौँ ‘कमन’ क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथोमा पर्छ।

 

 

 

विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ति एचपीभी भ्याक्सिन लगाउने गरिन्छ, जुन ५ देखि १५ वर्ष उमेरका बच्चाहरुलाई दुई डोज खोप र १५ देखि २६ उमेरका मानिसहरुलाई तीन डोज खोप लगाउने गरिन्छ।

 

 

 

त्यस्तै, २६ वर्ष भन्दामाथि उमेर समूहले खोप लगाए पनि त्यसको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ।

 

 

यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ। ९० प्रतिशत महिलामा असामान्य रूपमा यो’निबाट र’क्तश्रा’व हुन्छ।

 

 

 

महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा र’ग’तको कालो ढिका जस्तो र कहिलेकाहीँ पानी जस्तो र’क्तश्रा’व हुन्छ। त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौ’न स’म्पर्क’को समयमा वा स’म्पर्क’पछि र’क्तश्रा’व हुने आदि यसका लक्षण हुन्।

 

 

 

यो परीक्षणले भविस्यमा हुने धनजन र खतराबाट बचाउँछ। हामीले उपचारका लागि आउने महिलाहरुलाई यस्ता रोगबाट आउने खतरा, लक्षण र सवाधानका उपायहरुको ज्ञान दिन जरुरी छ।

 

लक्षण

 

पाठेघरको मुखको क्यान्सरका लक्षण व्यक्तिपिच्छे फरक हुन सक्छ । सुरु यो रोग लाग्दा खासै नदेखिए पनि पछि भने विभिन्न किसिमका लक्षण देखिने उनको भनाइ छ ।

 

–सुरुसुरुमा पहिलेभन्दा धेरै गन्हाउने पानी बग्ने, इन्फेक्सन भइराख्ने

 

–महिनावारी नभएको समयमा पनि र’गत देखा पर्ने

 

–महिनावारी बन्द भइसकेका महिलामा फेरि रगत देखापरेमा क्यान्सर लागेको हुन सक्ने शङ्का गर्ने

 

–क्यान्सर फैलिएको अवस्थामा खुट्टा सुनिन्ने, ढाँड तथा कम्मर दुख्ने, साथै दिसा पिसाबमा समस्या हुने

 

कसरी बच्ने

 

–भीआइए अर्थात् प्याप स्मेयर टेस्ट गरेरपनि क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ ।

 

 

–भीआइएको परीक्षणको सहयोगबाट पाठेघरको क्यान्सर हुनुभन्दा १० वर्षअघि थाहा पाउन सकिन्छ ।

 

 

–एक पटक मात्रै यौन सम्पर्क भएका ३० देखि ६० वर्षसम्मका सबै महिलामा केही स्वास्थ्य समस्या नभए पनि पाठेघरको परीक्षण गराउनुपर्छ ।