मैले चुनावमा प्रतिबद्धता गरेको भन्दा बढी विकास गरेको छु,फेरि एक पटक पुन: जनताको सेवा गर्ने इच्छा छ: नगर प्रमुख कृष्णहरि थापा

काठमाडाैं।  स्थानीय तह निर्वाचनको मिति निर्धारण भएसँगै जनप्रतिनिधिहरूको कार्यकाल अब केही समय मात्र बाँकी रहेको छ । जनप्रतिनिधिहरूले पाँच वर्षको अवधिमा आफूले बाचा गरेका कति काम पूरा गरे ? जनपक्षीय कामहरू कत्ति भए भन्ने कुरा अहिले जताततै सुनिने गरेका छन् ।

 

 

 

यसै सन्दर्भमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापासँग हामीले कुराकानी गरेका छाै।

 

 

 

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सोहि पदमा पुन: उम्मेद्वारी दिने बताउनु भएको छ ।

 

 

 

 आफुले आरम्भ गरेका विभिन्न बिकाश निर्माण लगायत धेरै काम अझै सम्पन्न गर्न बाँकी रहेकाले ति कामहरु सम्पन्न गर्न आफु पुन: नगर प्रमुख भएर आउन चाहेको बताउनु भयो ।

 

 

 

 

उहाँले भन्नुभयो ‘मैले सुरू गरेका धेरैकाम सम्पन्न हुने चरणमा रहेका छन्, कतिपय योजना सुरू हुने तयारीमा रहेका छन्।

 

 

त्यसैले म अर्को एक कार्यकाल नगर प्रमुखको भूमिकामा आउँन चाहान्छु नगर बासीसँग गरेका सबै बाचाहरू पुरा गर्ने उद्देश्यका साथ म पुन: उम्मेदरी दिन लागेकाे नगर प्रमुख थापाले बताउनु भयाे।

 

 

 

नगरपालिका भित्र ८ सय ३३ सडक  ८० प्रतिशत भन्दा बढी काम भएको  र बाँकी काम पुरा गर्न आफु लागि रहेकाे उँहाले बताउनु भयाे। 

 

 

 

हरेक वडामा सुकुम्बासीका लागी १० वटा ३ कोठे पक्कि घर बनाउने योजना छ जसको सुरूवात ९ नं. वडामा २ वटा घर निर्माण भइसकेका छन् भने ५ नं.वडामा काम सुरू भएको नगर प्रमुख थापाले बताउनु भयाे।  

 

 

 

त्यस्तै प्रत्यक वडामा जेष्ठ नागरिक भवन बनाउने योजना अनुसार  ८ नं. वडाबाट भवन बनाउन सुरूवात गरेका छाैं। अब  सबै वडामा बिस्तार गर्ने योजना पुरा गर्न पुन: एक पटक नगर प्रमुखकाे भूमिकामा आउन चाहेकाे थापाले बताउनु भयाे। 

 

 

 

 

मुलपानी अस्पताललाई सय बेड क्षमताको सुविधा सम्पन्न नमुना अस्पताल बनाएर नगरवासीलाई सर्बसुलभ स्वास्थ सेवा उपलब्ध गराउने योजना साथ कार्यान्वयनको चरणमा रहेकाे उँहाले बताउनु भयाे।  

 

 

 

कागेश्वरी मनाेहरा नगरपालिकालाइ व्यवस्थित र नमुना शहर बनाउने योजना अनुरुप सुरू गरिएको पूर्बी काठमाडाैं नयाँ शहरि विकास आयोजनाको कार्य आरम्भ भई सकेको बताउनु भयाे।

 

 

 

 

करिब ४७ अर्ब अनुमानित लागत रहेको यो आयोजनामा कागेश्वरी मनोहराका १,२,३ र ४ गरि ४ वडा समेटिएका छन भने गोकर्णेश्वरको १, २ र ४ गरि ३ वटा वडा तथा शंखरापुर नगरपालिकाको ९ नं. वडा समेटेर बनाउन लागिएको नयाँ शहरको योजनाको प्ररम्भिक काम सकेर कार्यान्वयनका लागी मन्त्रीपरिषदमा स्विकृतिका लागि पठाइ सकेकाे थापाले बताउनु भयाे।

 

 

 

 यी कामहरू सुरू गरि सकेकाले अब पुरा गरेर मात्रै बिश्राम लिनका लागि मैले  पुन: एक कार्यकाल नगर प्रमुखकाे भूमिकामा रहने अपेक्षा गरेको छु।

 

 

 

बिगत ५ बर्षको कार्यकालमा नगरबासीलाइ सम्झन लायक काम मैले धेरै नै गरेकाे छु तर नयाँ सँबिधान निर्माण पश्चात स्थानिय निकायको पहिलो कार्यकाल भएकोले कानून अभावका कारण अधिकार र दायित्व प्रष्ट नहुँदा लामो समयसम्म अलमलमै रहेकाले केही समय खालि नै बित्यो ।

 

 

 

कानून बनेर काम गर्ने वातावरण बन्दै गर्दा कोभिड १९ को महामारीले देश नै ठप्प हुने अवस्था सृजना भयो।

 

 

 

 

कोभिडबाट नागरिक बचाउनु हाम्रो पहिलो कर्तब्य भएकाले हरेक वडामा राहत कोष खडा गर्यौ त्यसमा नगरवासीहरूले समेत ९२ लाख सहयोग गरेका थिए।

 

 

 

 

त्यतिबेला हामिले काेराेना संक्रमण भएकालाइ र विहान बेलुका खान समस्या भएका नगर बासिलाइ नि:शुल्क खाना, नि:शुल्क उपचार, नि:शुल्क एम्बुलेन्स र नि:शुल्क  काेराेना संक्रमण परिक्षण गर्ने व्यवस्था मिलाएका थियाैं। 

 

 

 

 

अस्पताल आउन नसक्नेलाई घर घरमै गएर भएपनि परिक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएका थयाैं भने मुलपानी स्वास्थ केन्द्रलाई कोभिड अस्पतालको रुपमा बिकास गरि परिक्षण ,उपचार तथा कोभिड होल्डिङ सेन्टर समेत बनाएर नि:शुल्क खाना, बस्न, र उपचारकाे व्यवस्था समेत मिलाएकाे थिए।

 

 

काेराेना संक्रमणकाे बेला पनि विकास निर्माणका कामहरूलाई निरन्तरता दिएका थियाैं।  

 

 

 

हाल नगरपालिकाकै गौरबको रुपमा ५३ करोड लागतमा नगरपालिकाको प्रशासनी भबन बन्दै छ भने ३२ करोड लागतको कांडाघारी खानेपानी आयाेजना सम्पन्न गर्न लागेकाे उँहाले बताउनु भयाे। 

 

 

 

त्यस्तै टोलटोलमा मेयर भन्ने नारा अगाडी सार्दै म हरेक महिना ९ वटै वडामा पुग्ने गरेकाे थिए भने अहिले चुनाव घाेषणा भएपछि म टाेलटाेलमा जान छाेडेकाे छु।

 

 

 

 

 प्रत्यक वडामा रहेका समस्याका बिषयमा हरेक वडाका टोलटोलमा पुगेर नगरवासीका गुनासो सुन्ने र आवश्यकता अनुसार पहिचान गर्दै काम गर्ने गरेको थिए।

 

 

 

 

 निर्माण भइरहेका विकासका कामहरु फिल्डमै पुगेर आफै अनुगमन गर्ने हरेक नागरिकका घरघरमै स्थानिय सरकार आईपुग्छ भन्ने आभाष दिलाएको छु।

 

 

 

 

नगरपालिका भित्रका हरेक वडाका हरेक टोलको समस्या आफैले पहिचान गरिसकेकाले र निर्बाचित भएको पहिलो दिनबाटै काम गर्न सकिने वातावरण तयार भएकोले पनि मैले अर्को एक कार्यकाल नगरको नेतृत्व लिनु पर्छ भन्ने लागेकाे छ।  

 

 

 

  संघीय सरकार मातहत रहेका चाबहिल सांखु सडक तथा पेप्सीकोला ब्रम्हखेल सडक भने अझै अधुरै छन जसकाकारण धेरै सास्ती ब्यहोर्नु परेको छ ।

 

 

 

 यी सडकहरु हामी आफै बनाउंछौ भन्दा पनि संघिय सरकारबाट यसमा सकारात्मक सहयोग नभएका कारण अहिले हामिले गरेका सारा विकास निर्माणका काम ओझेलमा पार्ने गरिएकाे छ।  

 

 

संघिय सरकारले राष्टिय गौरबका आयोजनामा काम गरोस, प्रदेश सरकारले निति नियम बनाउंदै कार्यान्वयनको सवालमा कडा भन्दा कडा अनुगमन गरोस स्थानीय विकासको काम हामि स्थानिय सरकारलाई नै दिनु पर्ने नगर प्रमुख थापाले आफ्नाे धारणा राख्नु भयाे।  

 

 

 

तपाईको कार्यकालमा सम्झनलायक अन्य काम के-के भए भन्ने प्रश्नमा थापाले भन्नु भयाे सम्झनलायक अनेकौं काम भएका छन् । पहिला त हामी सिकाइको क्रममा थियौं ।

 

 

 

देशमा संघीयता स्थपना भएपछि हामीले नगरभित्र एउटा प्रणालीको विकास गरेका छौ । मैले वडा -वडाका समस्यालाई केलाएर विभिन्न काम गरेकाे नगर प्रमुख थापाले बताउनु भयाे।

 

 

यस नगरपालिकालाइ २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गाविसहरुलाई समायोजन गरी नगरपालिका गठन गरिएको थियो।