विप्लव नेकपाका प्रवक्ता प्रकाण्डसहितका नेता निर्वाचन आयोगमा

फाइल तस्वीर

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेता निर्वाचन आयोगमा पुगेको छ।

 

 

स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् ।

 

 

 

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।

 

 

 

 

पार्टीको केही समय अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिष्कार पनि नगर्ने निर्णय गरेको थियो ।

 

 

 

 

 महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेना राखेका थिए । अल्पमतमा परेपछि उनीहरु प्रस्तावबाट पछि हटेका थिए।