साताको अन्तिम दिन नेप्से ३५ अंकले वृद्धि

काठमाडौं ।निरन्तर ओरालो लागेको नेप्से आज (बिहिबार)को कारोबारमा भने दोहोरो अंकले सुधारिएकोछ ।साताको अन्तिम दिन नेप्से ३५ अंकले वृद्धि भएर २४ सय ६४ अंकमा बन्द भएकोछ ।

 

 

 

 

कारोबार रकम पनि सुधारिएर आज २ सय २४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख रुपैयाँ बराबरको ५४ लाख ४४ हजार कित्ता शेयरको खरीद बिक्री भएकोछ । बिहिबारको कारोबारमा आएका सबै समूहमा हरियाली छाएकोछ ।

 

 

 

 

बिहिबार सबै भन्दा धेरै अन्य समूहको परिसुचक ३ अंकले वृद्धि हुँदा व्यापार समूहमा २ अंकले सुुधारिएकोछ ।

 

 

 

 

बिहिबार बाणिज्य बैंक, विकास बैंक, वित्त, होटल तथा टुरिजम, जलविद्युत लगायतका समूह १ प्रतिशत भन्दा बढीले बृद्धि भएकोछ ।

 

 

 

 

बिहिबारको कारोबारमा हिमालयन पावर पार्टनर र नेष्ठो समृद्धि लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेकोछ भने नेपाल दुरसञ्चार, एक्सल डेभलपमेन्ट बैंकका लिमिटेडका लगानीकर्ताले पनि ५ प्रतिशतभन्दा धेरैले कमाएका छन् ।

 

 

 

बिहिबार राष्ट्र उथ्थान लघुवित्त वित्तिय संस्था, इमर्जिङ् नेपाल लिमिटेड, सपोर्ट माइक्रोफाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

 

 

कारोबार रकमको आधारमा बिहिबारको कारोबारमा नविल बैंक लिमिटेडको ७ करोड माथिको कारोबार भएकोछ भने दोस्रो र तेस्रो स्थानमा प्राइम कमर्सियल बैंक र हिमालयन डिष्ट्रीलरी लिमिटेड रहेकोछ जसको ६ करोड माथिको करोड माथिको कारोबार भएको स्टकले जनाएको छ ।